फ्युजमेसिनमा दश लाख अमेरिकी डलर विदेशी लगानी

शिक्षा प्लेटफर्म फ्युजमेसिनले बुधबार नेपालस्थित बिजनेस अक्सिजन प्राइभेट लिमिटेडबाट १० लाख अमेरिकी डलर विदेशी प्रत्यक्ष लगानी (एफडिआई) प्राप्त गरेको छ।

बिजनेस अक्सिजन प्राइभेट लिमिटेड नेपालका स्थानीय कम्पनीहरूलाई विकास र मद्दत गर्ने उद्देश्यको साथ स्थापित संस्था हो।

उक्त रकमबाट फ्युजमेसिनले नेपालमा रहेको कार्यालयमा दुई सय जना नयाँ इन्जिनियरहरू थप्ने र नेपालमा एआई शिक्षा र दक्षता विकासमा खर्चिने बताएको छ।

‘फ्युजमेसिनले नेपालको एआई शिक्षा र रोजगारीको परिदृश्यमा ठोस परिवर्तन ल्याउन सकेकोमा हामी प्रशंसा गर्छौं। साथै फ्युजमेसिनको एआई प्रतिभा उत्पादन गर्ने लक्ष्यमा हातेमालो गर्न पाउँदा हामी उत्साहित छौं,’ बिजनेस अक्सिजनका अध्यक्ष सिद्धान्त राज पाण्डेले भने।

फ्युजमेसिनका प्रमुख कार्यकारी अधिकृत समीर मास्केले प्राप्त लगानीले संस्थाको प्रयासलाई अझ बलियो बनाउने आशा व्यक्त गरे।
उनले फ्युजमेसिनबारे भनेका छन्, ‘हामीले सन् २०१८ मा नेपालमा एआई शिक्षा अभियानको सुरुवात गरेदेखि निरन्तर प्राविधिक तथा अप्राविधिक व्यक्तिहरूलाई एआईको पुनः सीप र दक्षता विकास गर्न प्रयासरत छौं।’

फ्युजमेसिनले नेपालका शैक्षिक संस्थाहरूसँग रणनीतिक तालिम साझेदारीसँगै विभिन्न एआई शिक्षासम्बन्धी कार्यक्रमहरू गर्दै आएको छ।

आर्टिफिसियल इन्टेलीजेन्स (एआई) लगायत आफ्ना अन्य सेवाहरूको माध्यमबाट उद्यम व्यवसाय क्षेत्रमा काम गरिरहेको संस्था फ्युजमेशिन सन २०१३ मा स्थापना भएको हो।

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८, १३:४०:२९
श्रोत : सेतोपाटी

फ्युजमेसिनले भित्र्यायो १० लाख अमेरिकी डलर विदेशी लगानी

काठमाडौँ- शिक्षासम्बन्धी प्लेटफर्म फ्युजमेसिनले बुधबार नेपालस्थित बिजनेस अक्सिजन प्राइभेट लिमिटेडबाट १० लाख अमेरिकी डलर विदेशी प्रत्यक्ष लगानी (एफडिआई) प्राप्त गरेको छ।

बिजनेस अक्सिजन प्राइभेट लिमिटेड नेपालका स्थानीय कम्पनीलाई विकास र मद्दत गर्ने उद्देश्यले स्थापित संस्था हो।

उक्त विदेशी लगानीबाट फ्युजमेसिनले नेपालमा रहेको यसको कार्यालयमा २ नयाँ इन्जिनियरहरू थप्ने तथा नेपालमा  आर्टिफिसियल इन्टेलिजेन्स शिक्षा र दक्षता विकासमा खर्च गर्ने बताएको छ।

बिजनेस अक्सिजनका अध्यक्ष सिद्धान्तराज पाण्डेले भने- फ्युजमेसिनले नेपालको एआई शिक्षा र रोजगारीको परिदृश्यमा ठोस परिवर्तन ल्याउन सकेकोमा प्रशंसा गर्छौं। साथै फ्युजमेसिनको एआई प्रतिभा उत्पादन गर्ने लक्ष्यमा हातेमालो गर्न पाउँदा हामी उत्साहित छौं।’

फ्युजमेसिनका प्रमुख कार्यकारी अधिकृत समीर मास्केले प्राप्त लगानीले संस्थाको प्रयासलाई अझ बलियो बनाउने आशा व्यक्त गरे।

उनले फ्युजमेसिनबारे भनेका छन्, ‘हामीले सन् २०१८ मा नेपालमा एआई शिक्षा अभियानको सुरुवात गरेदेखि निरन्तर प्राविधिक तथा अप्राविधिक व्यक्तिहरूलाई एआईको पुनः सीप र दक्षता विकास गर्न प्रयासरत छौं।’

फ्युजमेसिनले नेपालका शैक्षिक संस्थाहरूसँग रणनीतिक तालिम साझेदारीसँगै विभिन्न एआई शिक्षासम्बन्धी कार्यक्रमहरू गर्दै आएको छ।

आर्टिफिसियल इन्टेलीजेन्स (एआई) लगायत आफ्ना अन्य सेवाहरूको माध्यमबाट उद्यम व्यवसाय क्षेत्रमा काम गरिरहेको संस्था फ्युजमेशिन सन २०१३ मा स्थापना भएको हो।

पुस २८, २०७८ मा प्रकाशित

फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिको ११ करोड लगानी, नेपालमा थप २ सयलाई रोजगारी दिइने

फ्युजमेसिनमा बिजनेस अक्सिजन प्रालिले १० लाख अमेरिकी डलर लगानी गरेको छ । नेपालका स्थानीय कम्पनीहरुलाई विकास र मद्दत गर्ने हेतुले स्थापित संस्था बिजनेस अक्सिजन प्राइभेट लिमिटेडबाट १० लाख अमेरिकी डलर अर्थात ११ करोड ७९ लाख विदेशी प्रत्यक्ष लगानी प्राप्त भएको फ्युजमेसिनले घोषणा गरेको छ ।

प्राप्त रकमबाट फ्यूजमेशिनले आफ्नो नेपालमा रहेको कार्यालयमा २०० नयाँ इन्जिनियरहरु थप गर्ने साथै नेपालमा एआई शिक्षा र दक्षता अझ बढी बिकास गर्न प्रयोग हुने बताएको छ ।

बिजनेस अक्सिजन प्राइभेट लिमिटेडका अध्यक्ष सिद्धान्त राज पाण्डेले भने,‘फ्यूजमेशिनले नेपालको एआई शिक्षा र रोजगारीको परिदृश्यमा ठोस परिवर्तन ल्याउन सकेकोमा हामी प्रशंसा गर्दछौं साथै फ्यूजमेशिनको एआई प्रतिभा उत्पादन गर्ने लक्ष्यमा हातेमालो गर्न पाउँदा हामी उत्साहित छौं ।’

त्यस्तै फ्यूजमेशिनका प्रमुख कार्यकारी अधिकृत समीर मास्केले सन् २०१८ मा नेपालमा एआई शिक्षा अभियानको सुरुवात गरेदेखि निरन्तर प्राविधिक तथा अप्राविधिक व्यक्तिहरूलाई एआईको पुन: सीप र दक्षता विकास गर्न प्रयासरत भएको बताए । उनले हाल प्राप्त लगानीले नेपालमा थप नयाँ र विश्वसनीय प्रतिभा थप्दै संस्थाको प्रयासलाई थप बलियो बनाउने आशा व्यक्त गरे ।

फ्यूजमेशिनले विगतका वर्षहरूमा पनि नेपालका शैक्षिक संस्थाहरूसंग रणनीतिक तालिम साझेदारीसंगै बिभिन्न एआई शिक्षा सम्बन्धि कार्यक्रमहरू जस्तै, एआईटुगो तालिम कार्यशाला, एआई फाउन्डेसन र माइक्रोडिग्री इन एआई पाठ्यक्रम ल्याउन सफल भएको थियो । कम्पनीको  बारे थप जानकारीको लागि यहाँ क्लिक गरी लिन सकिन्छ ।

आर्टिफिसियल इन्टेलीजेन्स (एआई) मा काम गरिरहेको संस्था फ्यूजमेशिनको स्थापना सन् २०१३ मा भएको हो । यसले एआईको आवश्यकता र महत्वलाई बुझेका तर दक्ष एआई इन्जिनियरको अभावमा संघर्ष गरिरहेका संस्थाहरुलाई मद्दत पुर्याउने काम गर्छ ।

 

श्रोत : ICT समाचार

 

Fusemachines secures $1 million in FDI from Business Oxygen

Fusemachines will deploy the funds to substantially grow its Nepal team, with the addition of at least 200 new engineers, the company says.

Fusemachines, a leading AI talent and education platform and service provider, on Wednesday announced $1 million in foreign direct investment (FDI) from Business Oxygen Private Limited (BO2), a Nepal-based private equity fund bringing foreign investments to help local companies grow.

Fusemachines will deploy the funds to substantially grow its Nepal team, with the addition of at least 200 new engineers, as well as to further advance AI education and upskilling initiatives in the country, the company said in a press statement.

“We appreciate how Fusemachines has made a tangible shift in Nepal’s AI education and employment landscape and are excited to support their vision of AI talent generation in Nepal,” said Siddhant Raj Pandey, chairman and CEO of BO2.

“Since we launched our AI Shikshya in Nepal initiative in 2018, we have continually strived to make an impact around AI reskilling and upskilling for both the technology and non-technology audiences in Nepal,” said Sameer Maskey, CEO of Fusemachines.

“With this recent round of funding, we hope to further bolster our ongoing efforts, while significantly adding new, credible talent to our employee base.”

In addition to engaging in strategic training partnerships with Nepal’s educational institutes, Fusemachines has rolled out different AI education initiatives in Nepal over the years, including AI2Go training workshops, Foundations in AI as well as Microdegree™ in AI courses, among others.

Founded in 2013, Fusemachines is an AI talent and education platform and service provider.

Source : The Kathmandu Post