यसकारण चाहिन्छ प्राइभेट इक्विटी फन्ड

22 Jul 2016

कुनै पनि मुलुकमा आर्थिक विकासका लागि व्यावसायिक योजना तथा त्यसलाई आवश्यक पर्ने पुाजी चाहिन्छ । नेपाल पनि त्योभन्दा भिन्न हुन सक्दैन । आर्थिक विकाससागै विभिन्न मुलुकले लगानीका विभिन्न प्रणाली विकास गरेका छन् । त्यसमध्ये एक हो– प्राइभेट इक्विटी । नेपालमा निजी क्षेत्र र अझ भन्नुपर्दा साना तथा मझौला उद्योगका लागि आवश्यक लगानी गर्ने भनेको बैंक तथा वित्तीय संस्था हुन् । तर, केन्द्रीय बैंककै नीतिअनुसार उनीहरूले विनाधितो लगानी गर्न पाउादैनन् । धितो नभएका व्यवसायी तथा व्यावसायिकता भएका व्यक्तिका लागि प्राइभेट इक्विटीको ठूलो महत्व छ । निजी क्षेत्रबाट खुलेको इक्विटी कम्पनी बिजनेस अक्सिजन प्रालिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले प्राइभेट इक्विटीको आवश्यकता यसरी बताए :

प्राइभेट इक्विटी भनेको कुनै पनि कम्पनीको सुरुवातमै वा सञ्चालनमा रहेको कम्पनीको विकास र स्तर वृद्धिका लागि लगानी गर्ने अथवा वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले स्थापना हुने कम्पनी हो । यसमा निश्चित समय तोकेर वा कम्पनीले नाफा नकमाउन्जेल लगानी हुने गर्छ । विदेशमा विशेषगरी सूचना प्रविधि क्षेत्रमा प्राइभेट इक्विटी लगानी भएको हुन्छ । पछि, कम्पनीले प्राथमिक सेयर निष्कासन (आइपिओ) जारी गरेपछि उनीहरू पुाजीगत लाभ लिएर निस्कन्छन् । नेपालमा पनि त्यो आवश्यक छ । कसैसँग व्यवसायको राम्रो सोच छ, जसलाई सबै प्रकारको अध्ययन र विश्लेषणले सफल देखाउँछ भने उसलाई लगानी गर्ने कम्पनी नभए सोच मर्छ । त्यस्तै, कसैले राम्रो नाफा गरिरहेको कम्पनीको स्तर वृद्धि गर्नु छ, तर बैंक तथा वित्तीय संस्थामा धितो राख्न सम्पत्ति छैन भने पनि उसको योजना बीचैमा सकिन्छ । त्यस्तै प्रकारको सोच वा योजनामा लगानी गरेर त्यसबाट नाफा आर्जन गर्ने निजी कम्पनी नै प्राइभेट इक्विटी कम्पनी हो ।

नेपालमा कुनै व्यवसाय सुरु गर्दा केही मानिसले आफू–आफूमै रकम जम्मा गरेर व्यवसाय सुरु गर्थे । त्यो पनि एक प्रकारको प्राइभेट इक्विटी नै हो । तर, त्यो दिगो हुँदैनथ्यो भने कुनै मापदण्ड मान्दैनथ्यो । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको इक्विटी फन्डमा लगानीकर्ता र फन्ड म्यानेजर हुनुपर्छ । लगानीकर्ताको लगानी फन्ड म्यानेजरले व्यवस्थापन गर्ने हो । नेपालमा पहिलोपटक विश्व बैंकको आइएफसीले बिजनेस अक्सिजन स्थापना गरेको हो । कुल १ करोड ४० लाख अमेरिकी डलरबराबरको यो भेन्चरमा नेपाली लगानी २० प्रतिशत रहेको छ । यसले साना तथा मझौला उद्योगमा लगानी गर्ने र त्यसको क्षमता वृद्धि गर्ने योजना लिएको छ । नेपालका धेरैजसो साना तथा मझौला उद्योग बैंक तथा वित्तीय संस्थासम्म पुग्न सक्दैनन् । यसमा धितोको अभाव मुख्य कारण हो । नेपालमा साना तथा मझौला उद्योगको क्षमता साढे दुई अर्ब अमेरिकी डलरबराबरको भइसकेको छ । यसले कुल गार्हस्थ उत्पादनमा २० प्रतिशत योगदान गरेको छ । यसले २० लाख मानिसलाई रोजगारी दिएको छ । यसलाई स्तरोन्नति र वृद्धिका लागि पनि प्राइभेट इक्विटी आवश्यक छ ।

धेरैजसो उद्योग–व्यवसायको व्यवस्थित र सही लेखा प्रणाली नै हुँदैन । बोर्ड हुँदैन । क्षणिक वा व्यक्तिगत निर्णयमा भर पर्छ । तर, प्राइभेट इक्विटीले लगानी गरेपछि लेखा प्रणाली, निर्णय प्रक्रिया सबै व्यवस्थित हुन्छ । यसले गर्दा राष्ट्रको आर्थिक तथ्यांक सही निस्कने मात्र होइन, व्यवसायमा दीर्घकालीन योजना बनाउन नीति निर्मातालाई समेत सहयोग पुग्छ । योजना मात्र लिएर बस्नेहरू पनि लगानी प्राप्त भएपछि व्यावसायिक बन्न र रोजगारी सिर्जना गर्न सक्षम हुन्छन् । व्यवसायीमा वित्तीय पहँुच बढाउने यो उत्तम विकल्प हुन सक्छ । ब्याज नलिने र धितो नलिई लगानी गर्ने कम्पनीलाई प्रवद्र्धन गर्दा साना तथा मझौला उद्योग तथा नयाँ कामको सोच बनाउनेलाई धेरै फाइदा हुन्छ ।

हामी प्रत्यक्ष विदेशी लगानी भन्छौा । तर, त्यसलाई भित्र्याउन सही काम गरेका छैनौा । अघिल्लो वर्ष नेपालको प्रतिव्यक्ति वैदेशिक लगानी जम्मा १ अमेरिकी डलरबराबर छ । हाम्रोभन्दा एक वर्षअघि कानुन ल्याएको भारतमा प्रतिव्यक्ति २७ डलर छ । जब कि त्यहाँ १ अर्ब ३० करोड जनसंख्या छ । त्यसैले विदेशी लगानी भित्र्याउन पनि वैदेशिक लगानीमा प्राइभेट इक्विटीलाई प्रवद्र्धन गर्नु आवश्यक छ ।

सबैभन्दा पहिले नेपालमा प्राइभेट इक्विटी बुझाउन नै समस्या देखिएको छ । नेपालमा पनि प्राइभेट इक्विटी कम्पनी प्रालिमै दर्ता हुने हो । तर, नेपालमा अहिलेसम्म प्रालिलाई नियमन गर्ने निकाय नै छैन भने पनि हुन्छ । प्राइभेट इक्विटी कम्पनीलाई पनि नियमनभित्र राख्नुपर्छ । यो बजेटमा प्राइभेट इक्विटी कम्पनीलाई प्रोत्साहन दिने भन्दै एक अर्ब रुपैयाा छुट्याउने भनिएको छ । त्यसमा प्रावधान र कार्यविधि निर्माण गर्नुपर्छ । नेपालमा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन सन् १९९२ मै बनेको थियो । तर, अहिलेसम्म त्यसको संशोधनसमेत भएको छैन । दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । अहिले यसलाई परिवर्तन गरेर वैकल्पिक लगानी ऐन बनाइँदै छ । त्यसमा विदेशी लगानीलाई सहजीकरण गर्ने व्यवस्था होस् भनेर यो क्षेत्र बुझेकाले माग गर्दै आएका छन् ।

प्राइभेट इक्विटी कम्पनी खोल्न, बन्द गर्न, मूल्यांकन गर्न जताततै समस्या छ । त्यस्तै, कालोसूचीमा राख्ने प्रावधान पनि समस्या बनेको छ । कसैले कम्पनीमा बदमासी गर्‍यो र त्यहाँ १५ प्रतिशतभन्दा बढी प्राइभेट इक्विटी कम्पनीको लगानी छ भने त्यो प्राइभेट इक्विटी कम्पनी पनि कालोसूचीमा पर्छ । त्यसलाई सम्बोधन गर्नैपर्छ । लगानीका लागि खुलेका प्राइभेट इक्विटी कम्पनीलाई बैंक र फाइनान्समा जस्तै अरू बाधा आउनुहुन्न । हामीले ऋण दिने होइन, लगानी गर्ने हो । त्यसमा हिस्सा आउने हो । त्यसैले विदेशी लगानी आए पनि नेपाली लगानीमा संयुक्त रूपमा खुल्न गाह्रो छ । त्यसैले यस्ता समस्या समाधान गरी अगाडि बढ्नुपर्छ ।अपार्टमेन्ट छन्, तिनीहरूको मूल्य बढ्न सक्छ । अन्तर्राष्ट्रिय रूपमा के भनिन्छ भने कुनै पनि यस्ता ठूला विपत्ति मानिसका मानसपटलमा ६ महिनासम्म रहन्छ । हामीलाई भूकम्पले मात्रै होइन, नाकाबन्दीले लम्ब्याएको छ । यस्तो अवस्थामा पनि कर लक्ष्यभन्दा धेरै उठेको छ । पराकम्पन नगएको भए मान्छेले भूकम्प बिर्सिएका थिए । अर्थतन्त्र चलायमान भइरहेका वेलामा काम गर्न सक्ने अवस्था हुँदाहुँदै पनि छिटो काम अघि बढाउन निर्माण सामग्री भएन, कामदारको अभाव भयो । यसले समस्या थपेको हो ।

Click Below to read the article published in Naya Patrika.

यसकारण चाहिन्छ प्राइभेट इक्विटी फन्ड